आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि | Khabarhub Khabarhub

आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिजबुल्लाहले आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको पुष्टि गरेको छ । हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणमा प्रमुख नेता नसरल्लाह मारिएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । समाचार अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको छ ।

इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ।

इजरायली सेनाले भनेको छ- हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ ।

यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३१ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल_को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार