आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि « Khabarhub

आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिजबुल्लाहले आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको पुष्टि गरेको छ । हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणमा प्रमुख नेता नसरल्लाह मारिएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । समाचार अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको छ ।

इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ।

इजरायली सेनाले भनेको छ- हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ ।

यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३१ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा