समाचार

भोलिको लागि तय परीक्षा असोज २१ गते गर्ने त्रिविको निर्णय

By खबरहब

September 28, 2024

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारेका छ ।

अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि विश्वविद्यालयले एक सुचना जारी गर्दै भोलिका लागि तय स्नातक तह दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो ।

स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ। स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ।

याे पनि…

भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

 

यस्ताे छ त्रिभुवन विश्वविद्यालयकाे सूचना