देश/प्रदेश

बाढीमा हामफालेका राजवंशीको शव भेटियो

By खबरहब

September 28, 2024

झापा – जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा आएको बाढीमा हामफालेका ५५ वर्षीय केनालाल राजवंशीको शव फेला परेको छ ।

हिजो साँझ खोलामा हामफालेका राजवंशीको शव आज साँझ सोही खोलाको दुई किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

उनकानुसार निजको श्रीमतीले शव पहिचान गरिएको थियो ।