ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति « Khabarhub

ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृह नगर न्युयोर्क सिटीको मेडिसन स्क्वायरमा आयोजना गरेको कार्यक्रममा सञ्चालक सिड राजेनबर्गले ह्यारिसलाई लक्षित गर्दै तल्लो तहको अभिव्यक्ति दिए। ‘सी इज सम सिक बास्टर्ड, ड्याट हिलारी क्लिन्टन वुह्वाट सिक सन अप अ बिच’, उनले भने।

उनले ह्यारिसलाई घरबार विहीन भन्दै साँचो अमेरिकीहरू सेन्ट्रल पार्कको बेन्चमा बसी रहेको बताए। उनले ह्यारिसलाई लक्षित गर्दै पाउनु पर्ने सबै पाइसकेको कुरा समेत गरे।

अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त छन्। सोही दिन कमला ह्यारिसले मुख्य मत स्विङ हुने राज्य पेनेसेल्भिनयामा कार्यक्रमको आयोजना गरेकी छिन्।

कमला ह्यारिसले अहिले गर्भपतनको विषयलाई जोडले उठाइरहेकी छिन्। पेनेसेल्भिनियाको कार्यक्रममा ह्यारिसले अमेरिकाका नागरिक सर्वाधिकार सुरक्षित रहेको भन्दै उनीहरूलाई भावनात्मक रूपमा एकीकृत गराउन आफूहरू सक्रिय भएको बताइन्।

ह्यारिसको पक्षमा मोडल तथा टिभी प्रस्तोता कृश टिगेनले एरिजोनामा भएको कार्यक्रममा बोल्दै सन् २०२० मा आफू गर्भवती भएको समस्यामा आएको जटिलताका कारण आवश्यक परेको गर्भपतनको अवस्थाका बारे जानकारी गराएकी थिइन्।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : १६ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग