बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक ! « Khabarhub

बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको बालोन डी’ओ अवार्ड सोमबार राति घोषणा हुँदैछ । सन् २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड दिन लागिएको हो ।

फ्रान्सेली फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाउँदै छन् ।

यसअघि २०१८ मा लुका मोड्रिच र २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्षको मनोनयन सूचीमा मेस्सी र रोनाल्डो दुवै समेटिएनन् । गत वर्ष यो अवार्ड मेसीले जितेका थिए ।

यस वर्ष यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्डअगाडि बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंकको सूची सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जसमा रियल म्याड्रिडका ब्राजिलियन एट्याकर भिनिसियस् जुनियर ६३० अंकसहित शीर्ष स्थानमा रहेको उल्लेख छ ।

त्यस्तै म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा छन् । रियल म्याड्रिडबा खेल्ने इङल्याण्डका जुडे बेलिङ्घम ४२२ अंकसहित तेस्रो स्थानमा छन् ।

यसको आधिकारिकताबारे स्पष्ट जानकारी आएको छैन । तर भिनिसियसलाई यस वर्षको बालोन डी’ओर अवार्डका लागि प्रबल दाबेदार मानिएको छ ।

उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउँदा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।

रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो । उता स्पेनिस मिडफिल्डर रोड्रीले म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, स्पेनलाई युरोकपसहितका प्रमुख उपाधि जिताएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : ५८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६