बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक ! « Khabarhub

बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको बालोन डी’ओ अवार्ड सोमबार राति घोषणा हुँदैछ । सन् २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड दिन लागिएको हो ।

फ्रान्सेली फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाउँदै छन् ।

यसअघि २०१८ मा लुका मोड्रिच र २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्षको मनोनयन सूचीमा मेस्सी र रोनाल्डो दुवै समेटिएनन् । गत वर्ष यो अवार्ड मेसीले जितेका थिए ।

यस वर्ष यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्डअगाडि बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंकको सूची सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जसमा रियल म्याड्रिडका ब्राजिलियन एट्याकर भिनिसियस् जुनियर ६३० अंकसहित शीर्ष स्थानमा रहेको उल्लेख छ ।

त्यस्तै म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा छन् । रियल म्याड्रिडबा खेल्ने इङल्याण्डका जुडे बेलिङ्घम ४२२ अंकसहित तेस्रो स्थानमा छन् ।

यसको आधिकारिकताबारे स्पष्ट जानकारी आएको छैन । तर भिनिसियसलाई यस वर्षको बालोन डी’ओर अवार्डका लागि प्रबल दाबेदार मानिएको छ ।

उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउँदा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।

रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो । उता स्पेनिस मिडफिल्डर रोड्रीले म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, स्पेनलाई युरोकपसहितका प्रमुख उपाधि जिताएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : ५८ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा