‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो « Khabarhub

‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन सकियो


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.सं २०७२ मा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो सिक्वेल ‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन आइतबार सकिएको छ । दशैँ लगत्तै यस फिल्मको छायाङ्कन सुरु भएको थियो ।

निर्माण पक्षका अनुसार काठमाडौं र काभ्रेमा १२ दिन पहिलो चरणको छायाङ्कन भएको हो । दोस्रो चरणको छायाङ्कन भने कात्तिक २२ बाट सुरु हुने बताइएको छ ।

पहिलो सिक्वेलका केन्द्रीय पात्र विनय श्रेष्ठ र कामेश्वर चौरासियाले यसमा निरन्तरता पाएका छन् । नायिका र निर्देशक भने परिवर्तन भएका छन् ।

पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् । त्यस्तै, नायिका मेनुका प्रधानको स्थानमा सुपुष्षा भट्टको प्रवेश भएको छ ।

फिल्ममा उनीहरुसहित नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

सिनेमा आर्टस्ले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण गर्न लागेको यस फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ५५ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि