सांकेतिक तस्बिर

स्वास्थ्य

देशभर डेंगुको सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो 

By खबरहब

October 28, 2024

काठमाडौं– देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।

त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ।