रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग « Khabarhub

रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा ९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार बोल्दै रास्वापा सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो भनेकी हुन् ।

‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध छ । थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोचिदिनु होला’, उनले भनिन् । उनले उक्त आग्रह गर्दा गृहमन्त्री लेखक पनि बैठकमा सहभागी थिए ।

उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरिन् । संसद्‍को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरिन् । लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर पनि उनको थियो ।

उनले रास्वपाको प्रदर्शनका क्रममा अदालतमा पुगेको मुद्दा प्रभावित पार्ने प्रयास भइरहेको भनेर गरेको टिप्पणीमा आपत्ति जनाइन् । ‘अहिले सभापतिमाथि लागेको कसुरबारे अनुसन्धान भइरहेको छ । मुद्दा अदालतसम्म पुगेकै छैन’, उनले भनिन्, ‘त्यसैले अदालत प्रभावित पार्न खोजिएको भन्नु गलत हो ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ०८ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु