२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी  « Khabarhub

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेको छ । आज नेप्से १.४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा पुगेको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । 

२१३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३०७ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ५५२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सोमबार १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेर ३ हजार ४८४.६२ विन्दुमा पुगेको छ । सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले बढेर १ हजार ५०९.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक १.५७ प्रतिशतले, होटल एण्ड पर्याटन १.१७ प्रतिशतले, हाइड्रोपावर १.५८ प्रतिशतले, लगानी ०.८५ प्रतिशतले, जीवन बीमा १.८५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.३४ प्रतिशतले, लघुवित्त १.२६ प्रतिशतले, म्यूचुअल फण्ड ०.७२ प्रतिशतले, निर्जीवन बीमा ०.६४ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह ०.७५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल