२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी  « Khabarhub

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेको छ । आज नेप्से १.४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा पुगेको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । 

२१३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३०७ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ५५२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सोमबार १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेर ३ हजार ४८४.६२ विन्दुमा पुगेको छ । सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले बढेर १ हजार ५०९.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक १.५७ प्रतिशतले, होटल एण्ड पर्याटन १.१७ प्रतिशतले, हाइड्रोपावर १.५८ प्रतिशतले, लगानी ०.८५ प्रतिशतले, जीवन बीमा १.८५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.३४ प्रतिशतले, लघुवित्त १.२६ प्रतिशतले, म्यूचुअल फण्ड ०.७२ प्रतिशतले, निर्जीवन बीमा ०.६४ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह ०.७५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : १५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने