नेपाल आएको भारतीय जहाजमा फेरि बमको हल्ला, उड्न लाग्दा रोकेर सर्च गरिँदै « Khabarhub

नेपाल आएको भारतीय जहाजमा फेरि बमको हल्ला, उड्न लाग्दा रोकेर सर्च गरिँदै


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्पनीको एउटा जहाजमा फेरि बम भएको खबरले त्रिभुवन विमानस्थल तनावग्रस्त भएको छ ।

काठमाडौंबाट दिल्ली उड्न लागेको भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना दिए अहिले सर्च अभियान चलाइएको छ । सुरक्षाकर्मीले जहाजमा चढिसकेका यात्रुलाई झारेर चेकजाँच गरिरहेका छन् ।

एआई २१६ उडान नम्बरको यो जहाजबाट दिल्ली जाने ५५ नेपालीसहित १५८ यात्रु थिए । बम भएको सूचनापछि सुरक्षाकर्मीले यात्रुलाई अलग्गै राखेर जाँच गर्दैछन् ।

बमको हल्लाले उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको अर्को जहाजलाई पार्किङबाट हटाइएको छ ।

यो जहाज सोमबार दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । अहिले नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेका छन् ।

जहाजमा बम रहेको सूचनासहितको विवरण दिल्लीस्थित एयर इन्डियाकै कार्यालयबाट आएको हो । यसअघि पनि भारतीय जहाजमा बम रहेको खबरले नेपालमासमेत उडान प्रभावित भएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : २५ बजे

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु