बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी « Khabarhub

बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बीमा क्षेत्रको व्यवसाय बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढेको हो ।

नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २ अर्बभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालका जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीहरूले ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

जसमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब आठ करोड एक लाख २८ हजार र लघु जीवन बीमा कम्पनीहरूले २२ करोड १३ लाख ५४ हजार रूपैयाँ बराबरको शुल्क आम्दानी गरेका छन् ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढाउन सफल भएका छन् । गत आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ४० अर्ब ८० करोड ४६ लाख ८९ लाख बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा क्षेत्रको व्यवसायमा समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ कम्पनीले ११ अर्ब ९९ करोड १४ लाख ९९ हजार रूपैयाँ बराबर नवीकरण सहितको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

अन्य जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानी पाँच अर्बभन्दा तल रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

जसमा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार र साना लघु बिमक कम्पनीले १८ करोड ५६ लाख ६९ हजार बराबर बीमाशुल्क आम्दानी गरेका हुन् ।

तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बीमा निर्जीवन बीमा क्षेत्रको व्यवसाय विस्तार गरेका छन् ।

गत आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४५ करोड ४७ लाख ३९ हजार बराबरको बीमा शुल्क आम्दानी गरेका थिए ।

निर्जीवन क्षेत्रको व्यवसायमा चालु आर्थिक वर्षको तीन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बीमाशुल्क आर्जनमा सबैभन्दा अगाडि देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा एक अर्ब ४३ करोड ६३ लाख ४१ हजार रूपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, उक्त अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब १७ करोड १९ लाख ८५ हजार र शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब १२ करोड ५९ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

अन्य निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानी एक अर्बभन्दा तल रहेको बीमा प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ४१ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार