म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई « Khabarhub

म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हागलाई बर्खास्त गरेको छ । करिब साढे २ वर्ष नेतृत्व रहँदा क्लबले आशातित प्रगति नगरेपछि बर्खास्त गरिएको हो ।

गएराति भएको इङ्लिस प्रिमियर लिगको खेलमा वेस्टह्यामसँग २-१ ले पराजित भएसँगै टेन हागको पद धरापमा परेको थियो । उनलाई बर्खास्त गर्ने तयारी यसअघि नै भएको थियो ।

डच प्रशिक्षक उनलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिँदा युनाइटेड झन् झन् ओरालो यात्रामा थियो ।

टेन हाग र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको थियो । तर त्यसको करिब ६ महिनाअघि नै उनलाई क्लबले बर्खास्त गरेको हो ।

प्रिमियर लिगको जारी सिजनमा खराब लयमा रहेको युनाइटेड अहिले अंकतालिकाको १४ औँ स्थानमा छ । लिग लिडर तथा उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी २३ अंकसहित पहिलो स्थानमा हुँदा युनाइेटडको हातमा ११ अंक मात्रै छ ।

टेन हाग बर्खास्तीमा परेसँगै युनाइटेडले गत सिजन क्लबमा सहायक प्रशिक्षकका रुपमा जोडिएका रुड भान निस्टेलरुयलाई अन्तिरम प्रशिक्षक बनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ५० बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले