पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चारमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चारमन्त्रीको निर्देशन


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उनले भने, ‘पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।’

मातहतका कार्यालयमा रहेको बजेरु घटाउन निर्देशन दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।’

चालु आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत रु एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिए। ‘सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ’, उनले भने ।

सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता कार्यान्वयनमा जोड दिए । उनले कर्मचारीलाई कम्तीमा एक वर्षसम्म तोकिएको कार्यक्षेत्रबाट सरुवा नगर्न र नगराउन आग्रह गरे । छोटोछोटो समयमा सरुवा गर्ने प्रवृत्तिले गर्दा कार्यसम्पादनमा प्रभाव पर्नेतर्फ सचेत गराए  । उनले अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यकता औँल्याउँदै विकास समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा चालु आवको प्रथम त्रैमासिकसम्मको प्रगति विवरणअनुसार कार्यान्वयन गर्नुपर्ने ३४ वटा ‘माइलस्टोन’ मध्ये २१ वटाको कार्य सम्पन्न भएको छ । काम हुन नसकेका ‘माइलस्टोन’ १० वटा छन् भने सम्पन्न हुने प्रक्रियामा रहेका तीन वटा रहेका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले समस्या र सहजीकरणको विषयमा आयोग सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए । सचिव राधिका अर्यालले पुँजीगत खर्च बढाउनुको विकल्प नभएको बताइन्  । उनले मन्त्रालयको ‘माइलस्टोन’ मा राम्रो प्रगति भएको बताइन् । उनले आगामी बैठकमा उपलब्धि र प्रभावलाई आलोचनात्मक समीक्षाका हुनुपर्ने रायसमेत राखे ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : ४३ बजे

विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन  

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन– भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल