काश्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए « Khabarhub

काश्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – भारतीय सेनाले सोमबार कास्मिरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको छ । यो घटना बन्दुकधारीहरूले सैन्य सवारीहरूमाथि गोली बर्साएको केही घन्टापछि भएको हो । विवादित हिमाली क्षेत्रमा भएको यो पछिल्लो आक्रमण हो ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित छ र यहाँ लामो समयदेखि विद्रोह चलिरहेको छ ।

सोमबार बिहान पाकिस्तानसँगको अनौपचारिक सीमा नजिकै दक्षिणी अखनूर क्षेत्रको पहाडी भागमा बन्दुकधारीहरूले एम्बुलेन्ससहितको सैन्य सवारीहरूमाथि गोली चलाउँदा कोही पनि घाइते भएनन् ।

सैनिकहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे र पछि एक जना मारिएको जानकारी दिएका छन् । “एक आतङ्ककारीको शव हतियारसहित बरामद गरिएको छ”, सेनाको व्हाइट नाइट कोर्को विज्ञप्तिमा उल्लेख छ ।

काश्मीरमा कम्तीमा पाँच लाख भारतीय सैनिक तैनाथ छन् र उनीहरूले सन् १९८९ देखि चलिरहेको विद्रोहसँग लडिरहेका छन् । यस विद्रोहमा हजारौँ नागरिक, सैनिक र विद्रोहीको मृत्यु भइसकेको छ ।

यसै महिनाको सुरुमा बन्दुकधारीहरूले लद्दाखतर्फ जाने रणनीतिक सुरुङ मार्ग निर्माणस्थल नजिकै सात जनाको हत्या गरेका थिए । लद्दाख चीनसँग सीमा जोडिएको उच्च भू–भाग हो । शुक्रबार भारतीय अधिकारीहरूले सैन्य सवारीहरूमाथिको आक्रमणमा तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

नयाँदिल्लीले नियमित रूपमा पाकिस्तानमाथि आतङ्कवादीहरूलाई हतियार उपलब्ध गराउने र आक्रमण गर्न सहयोग गरेको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गर्दै आएको छ ।

सेनाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ मा काश्मीर क्षेत्रको सीमित स्वायत्तता खारेज गरेपछि सात सय २० भन्दा बढी विद्रोही मारिएका छन् । अक्टोबरको सुरुमा काश्मीरमा सन् २०१४ पछि पहिलो पटक करिब एक करोड २० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा विधानसभाको निर्वाचन सम्पन्न भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ४० बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति