समुद्रशास्त्र : यस्ता गुण भएका पुरुषसँग विवाह गर्नु उत्तम « Khabarhub

समुद्रशास्त्र : यस्ता गुण भएका पुरुषसँग विवाह गर्नु उत्तम


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शास्त्रमा मानव जीवनका १६ संस्कार बताइएको छ । तीनै १६ संस्कार मध्ये एक हो- विवाह संस्कार । विवाह मानिसको सबैभन्दा ठूलो निर्णय र कर्म मानिन्छ । त्यसैले मानिसहरू विवाह पश्चात् जीवनकाे दोस्रो अध्याय सुरु भएको मान्दछन् । विवाहले केवल दुई व्यक्तिलाई मात्र सम्बन्धमा गाँस्दैन यसले दुई परिवारलाई पनि जोड्छ ।

समुद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा केही यस्ता गुण हुन्छन्, जसबाट उनीहरू वैवाहिक जीवनमा सक्षम र सफल ठहरिन्छन् । तपाईले यस्ता गुण भएका पुरुष भेट्नुभयो भने विवाह गर्न राजी हुनुहोस् ।

पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत् पर्दा पनि नहडबडाउने धैर्यवान् पुरुष हुनु जरुरी हुन्छ ।

तपाईँले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरूले कमाएको पैसामा धाक लगाउनेहरू ।

प्रायः पुरुषहरूले आफ्नो घरमा भएको झगडालाई साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रूपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् ।

एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैँ साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् । –विभिन्न एजेन्सीको सहयोगमा 

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : २९ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित