सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित « Khabarhub

सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलको विजय शृङ्खला कायम नै राखेको छ। लिभरपुलले बुधबार राति भएको खेलमा रियल म्याड्रिडलाई २–० ले हरायो। यस अघि यी दुई टोलीको ८ खेलमा लिभरपुल जित हात पार्न असमर्थ भएको थियो। यी मध्य दुई भेट च्याम्पियन्स लिग फुटबलको फाइनलमा नै भएको थियो।

सो खेलमा दुवै टोलीका स्टार लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका केलिएन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुके। एनफिल्डको घरेलु भूमिमा भएको खेलको ५२ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यस लगत्तै एन्टी रोबर्टसनले लुकास र्भाक्युजमाथि फल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न एम्बाप्पे चुकेका हुन। उनको प्रहारलाई विपक्षी गोलरक्षक कोहिम केलरले बचाए। त्यसपछि सलाहले पनि पाएको पेनाल्टी अवसरलाई गोल पोस्ट भन्दा बाहिर प्रहार गरेर खेर फालेका थिए।

खेल सकिन १४ मिनेट बाँकी रहँदा रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडी कोडी गाक्पोले लिभरपुलका लागि अर्को गोल गरे।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ५० बजे

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने