तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो « Khabarhub

तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै महाशाखाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : २६ बजे

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो