डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित « Khabarhub

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लण्डन – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै बोरुसिया डर्टमन्डले युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ प्रवेशको सम्भावना बलियो बनाएको छ।

डर्टमन्डले पहिलो चरण सुपर एटमा रहँदै सिधै राउन्ड अफ १६ मा प्रवेशको सम्भावना बलियो बनाएको हो। पाँच चरणको समाप्तिमा डर्टमन्ड १२ अंकसहित चौथो स्थानमा छ।

गएराति भएको खेलमा डर्टमन्डले ४१ औं मिनेटमा जेमी गिटेनको गोलमा अग्रता लिएको थियो। २० वर्षीय इङ्लिस खेलाडी गिटेनले टप कर्नरमा आकर्षक प्रहार गर्दै गोल गरेका थिए। यो सिजनको च्याम्पियन्स लिगका पाँच खेलमा उनको यो चौथो गोल हो।

५६ औँ मिनेटमा रेमी बान्सेबैनीको हेड गोलमा डर्टमन्डले अग्रता फराकिलो बनाएको थियो। खेलको अन्त्यमा सचेए गुरेसीले थप एक गोल गरेका हुन्। रेड स्टार बेलग्रेडले भने पहिलो जित हात पारेको छ। बेलग्रेडले घरेलु भूमिमा भएको खेलमा जर्मन क्लब स्टुगार्टलाई ५-१ ले हराएको हो।

घरेलु भूमिमा बेनफिकासँग ३-२ ले पराजित भए पनि बेनफिकालाई भने ठुलो धक्का लागेको छ। मोनाको १० अङ्क सहित तालिकाको आठौँ स्थानमा छ भने बेनफिकाको ९ अङ्क छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ३९ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र