कीर्तिपुरको उपचुनाव : भोट माग्ने लाइनमा प्रचण्ड, गगन थापा, शंकर पोखरेल र हर्क साम्पाङदेखि सुरेन्द्र केसीसम्म « Khabarhub

कीर्तिपुरको उपचुनाव : भोट माग्ने लाइनमा प्रचण्ड, गगन थापा, शंकर पोखरेल र हर्क साम्पाङदेखि सुरेन्द्र केसीसम्म


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने आज (विहीबार) अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ । चुनावी प्रचारको अन्तिम दिन आज कीर्तिपुरमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विशवप्रकाश शर्माका साथै एमाले महासचिव शंकर पोखरेलले चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

राप्रपा नेताहरु राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीले बुधबार नै कीर्तिपुरको चुनाव सभालाई सम्वोधन गरिसकेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई जिताउन आह्वान गर्दै धरानका मेयर हर्क साम्पाङदेखि लिएर स्वागत नेपाल र डा. सुरेन्द्र केसीले पनि आजको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

कीर्तिपुरको मेयरमा २० जना उम्मेदवार छन् । कांग्रेसका तर्फबाट कृष्णमान डंगा्ेल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादीबाट शिवशरण महर्जन उठेका छन् ।

त्यसैगरी, राप्रपाबाट ध्रुव महर्जन, जनता समाजवादीबाट दीपक महर्जन, जनमत पार्टीबाट केशव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन मेयरका लागि चुनावी मैदानमा छन् ।

एकीकृत समाजवादीले भानु रिजाललाई उम्मेद्वार बनाए पनि माओवादीका उम्मेद्वारलाई सघाउने निर्णय भएको नेताहरुले जनाएका छन् । त्यस्तै, दिलकुमार महर्जनलाई मेयरमा उठाएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि माओवादीलाई सघाउने निर्णय गरिसकेको माओवादीका नेताहरुको भनाइ छ ।

करिब ३१ हजार मतदाता रहेको कीर्तिपुरका मेयरका साथै वडा नम्बर १ र ४ का वडाध्यक्षहरुका लागिसमेत मतदान हुँदैछ ।

नेपाली कांग्रेसबाट ०७९ को चुनावमा विजयी मेयर राजकुमार नकर्मीको असामयिक मृत्यु भएपछि कीर्तिपुरको मेयरका लागि उपनिर्वाचन हुन लागेको हो ।

यस पालिकामा कांग्रेसलाई आफ्नो पुरानो अस्थित्व जोगाउनुपर्ने चुनौती छ भने एमाले, माओवादी, राप्रपा लगायतका दलहरु र केही स्वतन्त्र उम्मेदवारले कांग्रेसको सत्ता खोस्ने प्रयास गरिरहेका छन् ।

यसअघि ०७९ को स्थानीय चुनावमा कीर्तिपुर नगरपालिकाका १० वडामध्ये ९ वटा वडामा नेपाली कांग्रेसले जितेको थियो भने वडा नम्बर ४ चाहिँ स्वतन्त्रले जितेको थियो । एमालेले ०७९ को चुनावमा एउटै वडाध्यक्ष जित्न सकेको थिएन ।

वडा नम्बर १ मा कांग्रेसबाट विजयी वडाध्यक्ष हिरालाल महर्जनको निधन भएपछि उपचुनाव हुन लागेको हो भने वडा नम्बर ४ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएकाले उपनिर्वाचन हुन गइरहेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : ३२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन