च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा « Khabarhub

च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

लन्डन – च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा जित हात पार्दै सनसनी फैलाएको एस्टन भिल्लाले पछिल्ला खेलमा लय गुमाएको छ।

चौथो खेलमा हारको सामना गरेको भिल्ला बुधबार राति युभेन्ट्ससँग घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। खेलको अन्तिम समयमा मोर्गान रोजर्सले गोल गरे पनि भिएआरबाट त्यो अस्वीकृत भयो।

भिल्लाको विजयहीन यात्रा सात खेलसम्म लम्बिएको छ। प्रिमियर सिपमा पनि लगातार चार खेलमा हारको सामना गरेको भिल्लाले क्रिस्टल प्यालेससँग बराबरी गर्दै हारको शृङ्खला रोकेको थियो। च्याम्पियन्स लिगमा पाँच साताअघि बोलोग्नामाथि पाएको २-० को जित नै भिल्लाको अन्तिम विजयी खेल हो।

स्टर्म ग्राजले पहिलो जित हात पारेको छ। ग्राजले गिरोनालाई १-० ले हराएको हो। लिलीले बोलोग्नालाई २-१ ले हरायो। सेल्टिक र क्लब ब्रुगले १-१ गोलको बराबरी खेले। पिएसभी आइन्डहोभनले साख्तर डोन्सटकलाई ३-२ ले हरायो।

तालिकामा लिभरपुल १५ अंकसहित पहिलो, इन्टर मिलान १३ अंकसहित दोस्रो तथा बार्सिलोना १२ अंकसहित तेस्रो स्थानमा छन्। यसैगरी १२ अंक भएको बोरुसिया डर्टमन्ड चौथो तथा ११ अंक भएको एटलान्टा पाँचौँ स्थानमा छन्।

वायर लिभकुकुसन, आर्सनल, मोनाको, अस्टनभिल्ला, स्पोर्टिङ सिपी, ब्रेस्ट र लिलीको १० अंक छ। वायरन म्युनिख, बेनफिका, एट्लेटिको म्याड्रिड र एसी मिलानको ८ अंक छ।

साबिक विजेता रियल म्याड्रिड भने ६ अंकसहित २४ औं स्थानमा छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ७ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको