भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु « Khabarhub

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु


१३ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते नवीनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते जिते द्यौलाको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १० : १३ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा