भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु « Khabarhub

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते नवीनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते जिते द्यौलाको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १० : १३ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव