उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : प्राधिकरण | Khabarhub Khabarhub

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : प्राधिकरण


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता नतिर्ने उद्योगीका घरमा जोडिएको लाइन काट्ने निर्देशन जारी नभएको जनाएको छ ।

कतिपय मिडिया र सामाजिक सञ्जालमा बक्यौता नतिर्ने उद्योगीका घरमै लाइन काट्न सक्ने भन्ने खबरहरू सार्वजनिक भएसँगै प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, प्राधिकरणको नियमावलीमा नै सरकारी बाँकी बक्यौता सरह असुल उपर गरिने व्यवस्था रहेको छ । तर, त्यसका लागि विद्युत् नियमन आयोगको समेत रायका आधारमा निर्णय हुनेछ ।

महसुल बक्यौता नतिरेको खण्डमा उद्योगीका घरमा जोडिएको लाइन काट्ने व्यवस्था भने रहेको उनको भनाइ छ । तथापि, हालसम्म प्राधिकरणले कुनै पनि उद्योगीको घरमा विद्युत् लाइन नकाटेको उनको दाबी छ ।

प्रवक्ता घोषले अहिलेसम्म महसुल बक्यौता नतिर्ने उद्योगीका घरको लाइन काट्ने निर्देशन जारी नभएको समेत बताए ।

प्राधिकरणले महसुल बक्यौता तिर्न यसअघि १५ दिनको म्याद दिएको थियो । उक्त म्याद बुधबार सकिए पनि उद्योगको लाइन काट्ने निर्णय भने भएन । विद्युत् नियमन आयोगले पनि उद्योगको लाइन नकाटेर महसुल बक्यौता उठाउन निर्देशन दिइसकेको छ ।

प्राधिकरणले लाल आयोगको प्रतिवेदनअनुसार उद्योगमा बिल पठाइसकेको जनाएको छ । तर, उद्योगीहरूले भने महसुलबापतको प्रिमियम शुल्क बुझाउन आलटाल गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ११ : ०२ बजे

अर्थतन्त्रमा लापरवाही गरिरहन मिल्दैन, बैंकिङ सुशासन आयोग बनाऔँ

आज म बैंकिङ क्षेत्रबारे भइरहेको छलफलको दोस्रो कार्यक्रममा पनि उपस्थित

ट्रम्पको शपथ : कागज नभएका एक करोड आप्रवासीको अवस्था के होला ?

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प केही समयमा नै

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको

अमेरिकामा फेरि टिकटक चल्यो

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी– गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि