‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’ « Khabarhub

‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाठडौं – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्‌घाटन गर्दै सिंहले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएकाले यसलाई नविनतम् प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरू भएकाले अव नविनतम् जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू देखिएको उनले बताए। त्यस्तै उनले अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, गलत संरचना निर्माणले पनि बेला बेलामा नागरिकहरू प्रभावित हुनुपरेको जिकिर गरे ।

सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी रहेको आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीले जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ३ : ०४ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा