कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू) | Khabarhub Khabarhub

कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदको बलियो दाबेदार नेपाली कांग्रेसले दुईजना महामन्त्रीलाई उतारेर अन्तिम चुनावी सभा गरेको छ ।

मध्यरातिदेखि शून्य समय सुरु हुने भएपछि दलहरूले मतदाता रिझाउने अन्तिम प्रयास गरिरहँदा कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कीर्तिपुरमा उतारेको हो ।

चुनावी सभाका क्रममा दुवै महामन्त्री कीर्तिपुर पुगेर पार्टीका उम्मेदवार कृष्णमान डंगोललाई साथ दिएका हुन् ।

खानेपानी र स्वास्थ्य सुधार आफ्नो मुख्य एजेण्डा बनाएका उनलाई बिहीबारको अन्तिम सभामा महामन्त्री थापा र शर्माले साथ दिएका हुन् ।

उम्मेदवार डङ्गोलले बिहीबारको आमसभामा मतदाताको उत्साह देखिने बताएका थिए ।

२०७९ मा निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको गत साउन १० गते राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । नकर्मी नेपाली कांग्रेसबाटै मेयरमा विजयी भएका थिए ।

निर्वाचन आयोगले कीर्तिपुरसहित खाली भएका ४२ स्थानीय पालिका र २ स्थानीय समन्वय समितिमा मंसिर १६ मा उपनिर्वाचन गर्दैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ५८ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार