कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू) « Khabarhub

कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदको बलियो दाबेदार नेपाली कांग्रेसले दुईजना महामन्त्रीलाई उतारेर अन्तिम चुनावी सभा गरेको छ ।

मध्यरातिदेखि शून्य समय सुरु हुने भएपछि दलहरूले मतदाता रिझाउने अन्तिम प्रयास गरिरहँदा कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कीर्तिपुरमा उतारेको हो ।

चुनावी सभाका क्रममा दुवै महामन्त्री कीर्तिपुर पुगेर पार्टीका उम्मेदवार कृष्णमान डंगोललाई साथ दिएका हुन् ।

खानेपानी र स्वास्थ्य सुधार आफ्नो मुख्य एजेण्डा बनाएका उनलाई बिहीबारको अन्तिम सभामा महामन्त्री थापा र शर्माले साथ दिएका हुन् ।

उम्मेदवार डङ्गोलले बिहीबारको आमसभामा मतदाताको उत्साह देखिने बताएका थिए ।

२०७९ मा निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको गत साउन १० गते राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । नकर्मी नेपाली कांग्रेसबाटै मेयरमा विजयी भएका थिए ।

निर्वाचन आयोगले कीर्तिपुरसहित खाली भएका ४२ स्थानीय पालिका र २ स्थानीय समन्वय समितिमा मंसिर १६ मा उपनिर्वाचन गर्दैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ५८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको