इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।

राष्ट्रिय विपद् एजेन्सीको तथ्यांकअनुसार सप्ताहन्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको छ ।

भारी वर्षापछि मंगलबार उत्तरी सुमात्रा प्रान्तको डेली सर्डाङ जिल्लाको दुर्गम सडकमा पछिल्लो भूस्खलन भएको हो ।

‘आजसम्म सेम्बाहे गाउँमा भूस्खलनको घटनाबाट सात जनाको मृत्यु भएको छ’, स्थानीय खोजी र उद्धार एजेन्सीका प्रवक्ता सरिमन सिटोरसले बताए। भूस्खलन हुँदा त्यस क्षेत्रबाट गुज्रिएको पर्यटक बसबाट धेरैजना मृतकलाई निकालिएको उनले बताए।

खोजी कार्यमा सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको छ । नजिकैको अस्पतालबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै सरिमनले भूस्खलनमा कम्तीमा १६ जना घाइते भएको जानकारी दिए।

इन्डोनेसियामा वर्षाको मौसममा सामान्यतया नोभेम्बर र अप्रिलको बीचमा भूस्खलन हुने सम्भावना हुन्छ तर हालैका वर्षहरूमा प्रतिकूल मौसमका कारण केही प्रकोपहरू त्यस मौसम बाहिर भएका छन् ।

मे महिनामा पश्चिम सुमात्राको माराफी पर्वतको विस्फोटनबाट ढुङ्गा, बालुवा र ढुङ्गाको मिश्रण बगेर आवासीय क्षेत्रमा खसेपछि कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ६ : ०२ बजे

नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा महानगरको डोजर (तस्बिरहरू)

 काठमाडौं– नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको

पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वाशिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश