बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत « Khabarhub

लगानी बोर्ड बैठक

बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत

पश्चिम सेतीको क्षमता बढाएर ८०० मेगावाट बनाइयो


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी बोर्डले गोरखास्थित बूढीगण्डकी जलासययुक्त जलविद्युत परियोजनासहित आयोजनाहरूको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा बसेको बोर्डको ६० औँ बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृत गरेको हो ।

बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ ।

पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय पनि बैठकबाट भएको छ ।

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मकरुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार पक्षसँग छलफल भइरहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : ५० बजे

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले