प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ « Khabarhub

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको छ ।

यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए ।

सरकारले कम्तीमा पाँच सुरक्षाकर्मी मारिएको बताएको छ भने खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले सुरक्षाकर्मीद्वारा कम्तीमा १० जनाको गोली हानी हत्या गरेको आरोप लगाएको छ । सरकारका मन्त्रीहरूले ती आरोपहरू अस्वीकार गरेका छन् ।

लोकप्रिय युट्युब च्यानलका साथ टिभी च्यानल नियो न्युजका प्रस्तुतकर्ता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पिआइएमएस (पिम्स) अस्पतालमा मृत्यु सङ्ख्याको पुष्टि गर्न खोज्दा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

“उनीहरूले मृत्युको कूल सङ्ख्या पत्ता लगाउने प्रयास गरिरहेका थिए”, उनीहरूका वकिल इमान मजारीले भने, “उनीहरूले आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्दै थिए ।” उनका अनुसार अर्का पत्रकारलाई छोडिएको छ तर जान अझै हिरासतमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ८ : ५१ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ