नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’ « Khabarhub

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डष्ट्रीलाई डेकोर पार्टनरमा अनुबन्धित गरेको छ ।

एनपिएल शनिबारदेखि सुरु हुँदै छ । यसबाट क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाइल्सले जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरका रुपमा अनुबन्धित गरेको हो ।

जनकपुर बोल्ट्सका परिचालन प्रमुख नीरज खतिवडा र नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले आज एक समारोहबीच उक्त सम्झौतापत्र आदनप्रदान गरे ।

जनकपुर बोल्ट्सका परिचालन प्रमुख खतिवडाले भने, “नेपोभिट टाइल्सलाई हाम्रो डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ ।”

यस्तै नेपोभिट टाइल्सका अध्यक्ष झाले नेपोभिट टाइल्सलाई जनकपुर बोल्ट्ससँग जोड्न पाउनु सम्मानको कुरा भएको बताए।

“जसरी नेपोभिटले परिष्कृतताका साथ ठाउँहरू वृद्धि गर्दछ, त्यसरी नै हामी टोलीको सफलताको यात्रालाई बढाउने आशा गर्दछौँ”, उनले भने। बाराको जितपुरमा २०७९ सालमा स्थापित नेपोभिट टाइल्सले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल्स उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १० : ०७ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको