सन् २०२४ मा असुरक्षित सलमान, के-के भयो बलिउडमा ? | Khabarhub Khabarhub

सन् २०२४ मा असुरक्षित सलमान, के-के भयो बलिउडमा ?


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तिमसम्म आइपुग्दा एक हजार ४७६ भन्दा बढी बलिउड फिल्म प्रदर्शनमा आए । यी मध्ये केही हलमा र केही ओटीटी प्लेटफर्ममा रिलिज भए ।

उक्त संख्याका फिल्मलले घरेलु बजारमा भारु ११ हजार २७८ करोडभन्दा बढीको व्यापार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो वर्ष भारतका सलमान खान र शाहरुख खान जस्ता स्टार नायक फिल्मका कारण चर्चामा रहन सकेनन् । यद्यपि; उनीहरू व्यक्तिगत कारणले भने चर्चामा रहे ।

अन्य केही कलाकार पनि फिल्म, केही व्यक्तिगत कारण, कोही सम्बन्ध र कोही कामको निरन्तरताले चर्चामा रहे ।

सन् २०२४ मा बलिउडमा चर्चामा आएका केही मुख्य घटना:

बढी व्यापार गर्ने फिल्म

यो वर्ष कुनै पनि बलिउड फिल्मले फिल्मले एक हजार करोड भा‍रुको आकडा पार गर्न सकेनन् ।

तथापि यो वर्ष व्यापारिक रूपमा सबैभन्दा बढी सफल फिल्म ‘स्त्री २’ रह्यो । उक्त फिल्मले विश्वभर ८५७ करोड भारु व्यापार गर्‍यो ।
यो फिल्मका केन्द्रीय कलाकार राजकुमार राव, श्रद्धा कपुर र पंकज त्रिपाठी हुन् ।

सबैभन्दा बढी व्यापार गर्ने सूचीको दोस्रो स्थानमा कार्तिक आर्यन स्टारर फिल्म ‘भूल भुलैया ३’ छ । यसले विश्व बजारमा ३७१ करोड भारु बराबर व्यापार गरेको छ ।

सेलिब्रिटी निर्देशक रोहित सेट्टीको मल्टिस्टारर फिल्म ‘सिंगम अगेन’ सबैभन्दा बढी व्यापार गर्ने तेस्रो फिल्म बनेको छ ।

यसले विश्वबजारमा ३६७ करोड भारु व्यापार गरेको छ । अजय देवगन, रणवीर सिंह, करिना कपुर, दीपिका पादुकोण जस्ता स्टारहरूको अभिनय रहेको यस फिल्मले गरेको व्यपार अपेक्षितभन्दा निकै कमजोर हो ।

श्रृङ्खलाको वर्चश्व

यो वर्ष बलिउडमा आधा दर्जनभन्दा बढी फिल्मको नयाँ श्रृङ्खला प्रदर्शनमा आए । जसमध्ये तीन फिल्मले दर्शकलाई हलसम्म ताने ।

यो वर्ष बलिउडमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको सूचीमै श्रृङ्खलामा बनेका फिल्म रहेका छन् । यो वर्ष प्रदर्शनमा आएका नयाँ श्रृङ्खलामा ‘स्त्री २’ ‘भूल भुलैया ३’ र ‘सिंगम अगेन’ मात्रै बढी व्यापार गर्ने फिल्मको सूचीमा परे ।

यो वर्ष प्रदर्शनमा आएका नयाँ श्रृङ्खलाहरू ‘अभ सेक्स अर धोका २’, ‘कागज २’, ‘साइलेन्स २’ र ‘फिर आयी हसिन दिरुवा’ हुन् ।

यी मध्ये केही फिल्म हलमा र केही ओटीटी प्लेटफर्ममा प्रदर्शनमा आएका थिए ।

अमिताभको चर्चा

बलिउडका भेट्रान अभिनेता अभिताभ बच्चन यो वर्ष ८२ वर्ष पुगे । बुढ्यौलीमा पनि उनको कार्यव्यस्तता उत्तिकै छ ।

उनी विभिन्न टेलिभिजन शो र फिल्ममा सक्रिय छन् । यो वर्ष उनले अभिनय गरेको व्यापारिक रुपमा सर्वाधिक सफल फिल्म भारतीय फिल्म ‘कल्की २८९८ एडी’मा हो ।

यस तेलगु फिल्ममा अभिनय गरेका कारण कारण उनको चर्चा चुलिएको थियो । ८२ वर्षको उमेर पनि दमदार अभिनय गरेको भन्दै उनले प्रशंसा पाए ।

अमिताभले ‘एज इज जस्ट नम्बर’ अर्थात् ‘उमेर भनेको अङ्क मात्रै हो’ भन्ने भनाइ प्रमाणित गरिदिएको भन्दै फिल्मकर्मीले सामाजिक सञ्जालमा शब्द खर्चिए ।

तस्बिर : एजेन्सी

जोखिममा सलमान

यो वर्ष सलमान खान केन्द्रीय भूमिकामा रहेको फिल्म प्रदर्शनमा आएन । उनी केही फिल्ममा विशेष भूमिकामा देखिए ।

यो वर्ष उनले फिल्म छायाङ्कन पनि राम्रोसँग गर्न पाएनन् । कारण थियो– ज्यानको जोखिम !

उनलाई यो वर्ष लरेन्स विस्नोइ ग्याङबाट लगातारजस्तै ‘ज्यान मार्ने’ धम्की आइरह्यो । उनको ज्यान लिने धम्की यो वर्ष पहिलोपटक आएको भने होइन ।

तर, अप्रिलमा सलमानको घरमा हवाइ फायर भयो । यो घटना घटाउने समूह लरेन्सको नै हो ।

गत अक्टोबरमा सलमाननिकट मानिने बाबा सिद्दिकीको हत्या भयो । यस घटनामा पनि लरेन्स ग्याङको नाम जोडियो । त्यसपछि भने भारत सरकारले सलमानको सुरक्षासमेत बढायो ।

सोहीकारण उनले ‘सिंगम अगेन’मा केमियो नदिनेसम्मको चर्चा चलेको थियो । पूर्वनिर्धारित कामहरू फत्ते गर्न एकल जिद्दीले उनी कडा सुरक्षाबीच छायाङ्कनमा सहभागी भए ।

अहिले पनि सलमान उक्त समूहको निशानमै रहेको बारम्बार आएको धम्कीले बुझ्न सकिन्छ । भारतीय मिडियाहरूका अनुसार उनलाई आगामी फिल्म ‘सिकन्दर’को छायाङ्कनमा पनि समस्या भइरहेको छ ।

शाहरुखलाई पनि धम्की

यो वर्षको अन्तिमतिर अर्थात् नोभेम्बर सुरुवातमा शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आयो ।

छत्तीसगढ निवासी एक व्यक्तिले उनलाई फोनमा धम्क्याउँदै फिरौती मागेका थिए ।

सो धम्कीलाई लिएर शाहरुख कानुनी उपचारमा पनि लागेका थिए । उनले बान्द्रा पुलिसमा उजुरी दर्ता गराएका थिए ।

उनलाई पनि ज्यान मार्ने धम्की आएको यो पहिलो पटक होइन । विगतमा पनि उनले यस्ता धम्कीको सामान गर्नुपरेको थियो ।

अभिषेक र एश्वर्याको डिभोर्स हल्ला

यो वर्ष बलिउड जोडी अभिषेक बच्चन र ऐश्वर्या राय चर्चामा रहे । चर्चाको कारण हो – यी दुई जोडीको सम्बन्ध !

भारतीय मिडियाहरूले यो जोडीको सम्बन्धविच्छेदको गसिप निकै प्राथमिकताका साथ छापिए ।

यो जोडीले ती गसिपको खण्डन आजको मितिसम्म पनि गरेका छैनन् । उनीहरू एकै कार्यक्रममा अलग–अलग उपस्थित हुने गरेका छन्‌ ।

भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा समेत यो जोडी एकसाथ उपस्थित भएनन्‌ । भेट हुँदा पनि यो जोडीको बोलचाल भएको पाइन ।

सार्वजनिक कार्यक्रममा विवाहको औँठी नलगाएका र ऐश्वर्याको नामबाट बच्चन थर हटेका पोस्टर लगायतका कारण पनि यो जोडीको सम्बन्ध बिग्रिएको कुराले चर्चा पायो ।

भारतीय मिडियाको दाबी अनुसार अहिलेयो जोडी एकै घरमा बस्दैनन् । उनीहरूको सम्बन्ध बिग्रिएका भन्दै विभिन्न हल्ला फैलिए पनि पुष्टि हुन सकेको छैन ।

चर्चामै रहिन् दीपिका

यो वर्ष दीपिकाको अभिनय रहेको सफल फिल्म ‘कल्की २८९८ एडी’ हो ।

यस तेलगु फिल्ममा दीपिका गर्भवतीको भूमिकामा छिन् । यो कुराले पनि दीपिका चर्चामा आइन् । चर्चाको कारण हो– यो फिल्म छायाङ्कन गर्दा उनी ‘रिल’मा मात्रै होइन, ‘रियल’मा गर्भवती थिइन् ।

यो फिल्ममा जुन महिनामा प्रदर्शनमा आयो । दीपिकाले सेप्टेम्बरमा छोरीलाई जन्म दिइन् । ‘फिल्मका लागि गर्भवती बनेकी’ भनेर दीपिकाबारे सामाजिक सञ्जालमा ‘घोचपेच’ पनि चल्यो ।

अहिले दीपिका फिल्मबाट विश्राम लिएर छोरी हुर्काउँदैछिन्‌ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : २० बजे

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी

क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको

चितवन अदालतले रविलाई हिरासतमा पठायो

काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति