सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन « Khabarhub

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले वस्तीको निधन भएको पुष्टि गरेका छन्। प्रवक्ता कुइँकेलका अनुसार अस्पताल लगे लगत्तै चिकित्सकले वस्तीको निधन भएको जानकारी गराएका थिए।

वस्ती २०६५ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। उनी २०७० सालमा सर्वोच्चबाट अवकास भएका हुन्।

सर्वोच्च अदालतबाट अवकाश पाएपछि उनले लामो समय राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेर काम गरेका थिए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : २५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु