टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती « Khabarhub

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्कोतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जथाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए।

‘अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ’, उनले भने, ‘टाँगा चालकलाई बसपार्कदेखि रजतजयन्ती चोकदेखि मितेरीपुलसम्म चलाउन अनुरोध गर्दै आइरहेका छौँ । मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा पनि विभिन्न खालका अप्ठेरा देखिरहेका छन् ।’

 टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गर्छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन ।

वीरगञ्ज आसपासमा दुवैतर्फका करिब डेढ सयको हाराहारीमा टाँगा चल्ने गर्छन् । जसमा नेपाली नागरिकले सञ्चालन गरेका ७५ र भारतीय नागरिकले सञ्चालन गरेका ७५ वटा टाँगा रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँलगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीले गत मङ्गलबार घण्टाघर क्षेत्रमा चलाएका चार वटा टाँगालाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गराएको थियो ।

प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले पनि टाँगा नचलाउनको लागि अनुरोध गर्दै आइरहेको बताए। वीरगञ्ज टाँगा सङ्घका अध्यक्ष शेख कलामले घण्टाघर–रेल्वे अटोरिक्सा चोकमा धेरै यात्रु पाइने भएकाले पनि बसपार्कबाट टाँगा चलाउन अप्ठेरो भइरहेको बताए।

‘एकदमै आर्थिक अवस्था कमजोर भएकाले टाँगा चलाउने भएकाले पनि प्रहरी प्रशासनले तोकेको रुटमा टाँगा चलाउन कमाइ नहुने देखिएको छ’, उनले भने, ‘अटोरिक्सा किन्नका लागि चार लाखभन्दा धेरै मूल्य पर्ने भएकाले पनि समस्या भइरहेको छ ।’

वीरगञ्जमा टाँगा तान्ने घोडासहित औसतमा ६० हजारदेखि एक लाख रकममा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ३१ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक