३५ जनाको हत्या गर्नेलाई मृत्युदण्ड « Khabarhub

३५ जनाको हत्या गर्नेलाई मृत्युदण्ड


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ । गत महिना दक्षिणी चीनको झुहाई सहरमा कार हमलामा ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नोभेम्बर ११ मा ६२ वर्षीय फ्यान वेइकिउले खेलकुद परिसर बाहिर कसरत गरिरहेका मानिसहरूको बीचमा जानाजानी आफ्नो सानो एसयूभी चलाएको थियो, जहाँ ३५ जनाको मृत्यु भएको थियो ।

जुन सन् २०१४ पछि चीनमा भएको सबैभन्दा भयंकर नराम्रो नरसंहार तथा आक्रमणको रूपमा हेरिएको थियो । घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।

तर, उनको मुद्दा शुक्रबार सार्वजनिक रूपमा चलाइएको थियो र सोही दिन फैसला घोषणा गरिएको थियो । वेइकिउले केही पीडितका परिवार, सरकारी अधिकारी र जनताका अगाडि आफ्नो अपराध स्वीकार गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ३० बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का