प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्प्युटर सहयोग « Khabarhub

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्प्युटर सहयोग


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – प्रवासी नेपालीले म्याग्दीको दुई  विद्यालयलाई रु छ लाख पचास हजार मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

अमेरिकास्थित वाल्टिमोरमा बसोबास गर्ने नेपाली आबद्ध लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले बेनी नगरपालिका–८ कालिपुलको बालमन्दिर माध्यमिक र वडा नं. २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका हुन् ।

सरस्वती आधारभूत र बालमन्दिर माविको अवस्थाका विषयमा अमेरिकामा क्लबले आयोजना गरेको वृत्तचित्रको विशेष प्रदर्शनी ‘च्यारिटी सो’ मार्फत सहयोग जुटाएर सहयोग गरिएको लायन्स क्लब अफ बाल्टिमोरका अध्यक्ष बैकुण्ठमान श्रेष्ठले बताए।

क्लबले नौ थान कम्प्युटर उपलब्ध गराएको बालमन्दिर माविमा इन्टरनेट जडान, पुराना कम्प्युटर र विद्युत् मर्मत, रंगरोगन र सन्देशमुलक चित्र सहित रु। पाँच लाख ५० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएको छ ।

सरस्वती आधारभूतलाई एक लाख मूल्य बराबरको दुई थान कम्प्युटर र एक थान रंङ्गिन प्रिन्टर सहयोग गरेको छ । क्लबका अध्यक्ष श्रेष्ठले आज बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–८ का अध्यक्ष उत्तम कर्माचार्य मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई सामग्री हस्तान्तरण गरेका थिए।

यसैगरी सरस्वती आधारभूतको कक्षा ६ की छात्रा सृष्टि विकलाई ३० हजार र बालमन्दिर आधारभूतको कक्षा ८ का रिजन बिक र कक्षा ५ की सोनिया क्षेत्रीको पठनपाठनका लागि १५-१५ हजार सहयोग गरेको छ ।

अमेरिकामा रहेका बालमन्दिर माविका पूर्व विद्यार्थी प्रेम चर्माकार र लायन्स क्लब अफ बेनी लभ्लिहिलको समन्वयमा विद्यालयलाई प्रविधिका सामग्री सहयोग गरिएको हो ।

कम्प्युटर र शैक्षिक सामग्रीले विद्यालयको पठनपाठन तथा प्रशासनिक काममा प्रविधिको प्रयोग गर्न सहयोग पुगेको बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ५८ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक