सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : परराष्ट्रमन्त्री « Khabarhub

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : परराष्ट्रमन्त्री


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धनगढी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार ढल्ने हल्लाका पछि नलाग्न आग्रह गरेकी छन् । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि शनिबार धनगढीमा आयोजित बधाई कार्यक्रम सम्बोधनका क्रममा उनले सरकार नढल्ने भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेकी हुन् ।

‘सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि लाग्न हुँदैन,’ मन्त्री राणाले भनिन्, ‘कांग्रेस र एमालेको नेतृत्व तहमा समझदारी बनेको छ । सत्ता गठबन्धन पूरै अवधि जान्छ । सरकार सहजीकरणको लागि दुई दलको कार्यदल बनेको छ ।’

परराष्ट्रमन्त्री राणाले वर्तमान सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका अपेक्षालाई सम्बोधन हुने गरी अघि बढिरहेको पनि बताइन् । उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा र भरोसा बढेको पनि जिकिर गरिन् ।

मन्त्री राणाले सरकार सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताइन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ०९ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६