प्रधानमन्त्री ओलीले विद्यार्थीलाई भने – ज्ञान सदुपयोग गर्नुस्‌ « Khabarhub

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई भने – ज्ञान सदुपयोग गर्नुस्‌


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालयबाट प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैसँग भएको विद्या व्यवहारमा उतार्न नसकिए विद्यालयको काम नलाग्ने भन्दै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न विद्यार्थीहरूलाई सुझाव दिएका हुन् ।

उनले ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारीपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्ने भन्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा राखे ।

सो अवसरमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका थिए । त्रिभुवन विश्वविद्यालयका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : ०५ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम