सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण « Khabarhub

सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे।

सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे। यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने राखिएको छ ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुची राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततिलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गरे। उनले बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूतस्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताए।

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका एक सय २९ सन्तति, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका एक सय ३५ सन्नति गरी कुल दुई सय ६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : १६ बजे

‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन

युवाहरूमा राष्ट्र सेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौं– नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ