हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : अध्यक्ष दाहाल « Khabarhub

हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : अध्यक्ष दाहाल


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय संकटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताएका छन्। ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उनले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको छ भने।

‘नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जिउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ’, अध्यक्ष दाहालले भने।

 उनले लैङ्गिक समानताको प्रवर्द्धन, पदयात्रा र साइकल यात्रामार्फत वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए।

अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रुपमा रहेको बताए। उनले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको जनाए।

ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताए।

भुटानका गृहमन्त्री लोन्पो छिरिङले आध्यात्मिक जागरण फैसालउनुका साथै लैङ्गिक समानता वातावरण संरक्षण, वृक्षरोपण, वातावरणीय सचेतना फैलाउन काउन्सिलले लिएका पहल सह्रानीय रहेको छ भने। नेपाल बौद्ध सङ्घका अध्यक्ष खेन्पो थुम्तेन जिग्दोलले ड्रुक्पा परम्पराका अनुयायीले समस्त प्राणी जगत्को हितका लागि गर्दै आइरहेका कार्य अनुकरणीय रहेको बताए।

सो अवसरमा डक्पा वंश, यात्रा र ड्रुक्पा योगी तथा गुरुका बारेमा जानकारी मुलक भिडियो प्रस्तुत गरिएको थियो । समारोहमा विभिन्न मुलुकबाट सहभागी ड्रुक्पा अनुयायीले सांस्कृतिक प्रस्तुति दिए।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ५ : १८ बजे

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी