सौराहामा हात्तीलाई वनभोज खुवाइयो « Khabarhub

सौराहामा हात्तीलाई वनभोज खुवाइयो


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ ।

सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरभुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको महोत्सवका संयोजक राम कुमार अर्यालले बताए ।

हात्ती महोत्सवमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताए । वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो ।

महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो । हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अग्रे जी नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकहरूको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ६ : १६ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको