पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा तीन जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् ।

वासुक जिल्लाको सरचाश्मा क्षेत्रमा सडक दुर्घटना भएको एआरवाई न्युजले जनाएको छ । घाइते र मृतकहरु बसिमा क्षेत्रका रहेको अस्पताल स्रोतले जनाएको छ । एआरवाई न्यूजले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो,“घायलमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई क्वेटा अस्पतालमा रिफर गरिएको थियो ।”

अक्टोबर ३० मा बलुचिस्तानको सिबी, नोस्की र वाशुक जिल्लामा भएका तीनवटा दुर्घटनामा १२ जनाको मृत्यु भएको र १९ जना घाइते भएको डनले जनाएको छ । वासुकको नाग क्षेत्रमा इरानी पेट्रोल बोकेको गाडी अर्को गाडीसँग ठोक्किएपछि सबैभन्दा ठूलो दुर्घटना भएको डनले जनाएको छ । दुवै गाडीमा आगजनी हुँदा भित्र रहेका मानिसहरूलाई भाग्ने कुनै मौका मिलेन । तीमध्ये पाँच जनाको जलेर मृत्यु भएको छ ।

“दुवै गाडीमा रहेका सबै पाँच जनाको जलेर मृत्यु भएको छ,” वासुकका सहायक आयुक्तले बताए । बलुचिस्तानमा अर्को दुर्घटनामा, जेकोबाबाद जाँदै गरेको भ्यानले सिबी जिल्लाको मिथ्री क्षेत्र नजिक क्वेटा–सिबी राजमार्गमा ट्रकसँग ठोक्किँदा पाँच यात्रुको मृत्यु भएको छ र अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुबै सवारी साधनको तीव्र गतिका कारण दुर्घटना भएको लेवी अधिकारीहरुले बताएका छन् । लेवी र एफसीका जवानहरूले शव र घाइतेहरूलाई सिबी जिल्ला अस्पतालमा लगेका छन् ।

तेस्रो दुर्घटनामा नोश्की जिल्लाको डाक क्षेत्रमा विवाह भोज बोकेको गाडी पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । डनको रिपोर्टका अनुसार मृत्यु हुनेमा एक महिला पनि छन् ।

यस वर्षको सेप्टेम्बरमा पनि बलुचिस्तानको खुजदार, सुराब र नसिराबाद क्षेत्रमा सडक दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ४८ बजे

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार