‘राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’ « Khabarhub

‘राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले राजनीतिक प्रक्रियाबाट न्यायाधीश नियुक्त भएका व्यक्तिले पनि स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

विराटनगरमा भएको कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै न्यायाधीश मल्लले राजनीतिक प्रक्रियाबाट नियुक्त भए पनि न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएकी हुन् ।

न्यायालयमाथि पटक पटक प्रश्न उठ्ने गरेको स्मरण गर्दै नियुक्ति राजनीतिक नै हुने भए पनि आफ्नो अब्बलता र दक्षता कामबाट देखाउनु पर्ने उनको भनाइ थियो ।

मल्लले भनिन, ‘विदेशमा पनि राजनीतिक प्रक्रियाबाट भएका नियुक्ति र निर्वाचन जितेर आएका न्यायाधीशहरुले पनि निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेका छन्। न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गरे नगरेको अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेका छन् त्यसैले न्यायाधीशहरुले  आफ्नो गरिमा जोगाई राख्न पर्छ ।

फरक प्रसंगमा उनले ५० प्रतिशत मुद्दालाई मेलमिलापमा पठाउने लक्ष्य रहेकाले प्रभावकारी रुपमा मेलमिलाप समितिका अधिकारीहरूलाई काम गर्न आग्रह पनि गरिन् ।

समावेशिता र समानता भनिए पनि अधिवक्ता २० प्रतिशत, वरिष्ठ अधिवक्ता ४‍.५९ प्रतिशत, सरकारी विकल २६ दशमलव ५६ प्रतिशत, कानुनको क्षेत्रमा ३६ प्रतिशत, न्याय सेवामा २८ प्रतिशत महिलाको उपस्थिति रहेको बताइन् ।

उच्च अदालतमा १५ प्रतिशत, जिल्ला अदालतमा ९ प्रतिशत र सर्वोच्च अदालतमा ११ दशमलव ७ प्रतिशत महिला पुगेको भन्दै संविधानको परिकल्पना अनुसार अझै महिलाको उपस्थिति बढ्न नसकेको उनको भनाई छ ।

महिलाहरूलाई कानुन क्षेत्रमा टिकाइ रहन सर्वोच्च अदालतले विभिन्न रणनीतिक योजना बनाएर अगाडि बढेको बताउँदै उनले अहिलेको समय प्रविधिको भएकाले अदालतको काममा डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

आजसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरका एक हजारभन्दा बढी कानून व्यवसायी महिलाहरूको सहभागिता छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ३५ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै…

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि