कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो « Khabarhub

कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । दुईजनाको जिवितै उद्धार गरिएको जनाइएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा १७५ यात्रु र ६ जना उडान दलका सदस्यसहित १८१ जना रहेका थिए । जसमा  १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।

बैंककबाट आएको उक्त विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।

उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ । विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले मुआनलाई विशेष प्रकोप क्षेत्र घोषणा गरेका छन्।

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले