कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो « Khabarhub

कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । दुईजनाको जिवितै उद्धार गरिएको जनाइएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा १७५ यात्रु र ६ जना उडान दलका सदस्यसहित १८१ जना रहेका थिए । जसमा  १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।

बैंककबाट आएको उक्त विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।

उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ । विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले मुआनलाई विशेष प्रकोप क्षेत्र घोषणा गरेका छन्।

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको