चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन् « Khabarhub

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक खण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन्।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ। विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ।

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ। चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन्। उनले भनिन्, ‘काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ।’

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो। तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन्। सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकाछन्। छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन्। एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन्। तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन्। तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन्।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ४७ बजे

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय

गण्डकी– पोखरा महानगर-१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह

ह्वाइट हाउसनजिकै अफगान युवाले नेशनल गार्डलाई हाने गोली, दुईजना गम्भीर घाइते

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिकै बुधबार दुई नेशनल

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

हङकङ– हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय