स्कटल्याण्डविरुद्ध नेपाल : नेपालको कसिलो बलिङ, सन्दीपले लिए विकेट | Khabarhub Khabarhub

स्कटल्याण्डविरुद्ध नेपाल : नेपालको कसिलो बलिङ, सन्दीपले लिए विकेट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध कसिलो बलिङ गरेको छ । अमेरिकासँगको अघिल्लो खेलमा विकेटविहीन बनेका सन्दीप लामिछानेले पनि जारी खेलमा विकेट लिएका छन्‌ ।

खेलको २५ ओभर सकिँदा ५ विकेट गुमाएको स्कटल्याण्ड यो समाचार तयार पार्दासम्म ३.२६ रनरेटमा ८१ रन जोडेर खेलिरहेको छ । पहिलो ओभरको पाँचौँ बलमै क्यानडाका ओपनर ब्याट्सम्यान चार्ली टिअरको विकेट करण केसीले लिएका थिए ।

सोमपाल कामीले ७.६ ओभरमा एन्ड्रयू उमिदलाई बोल्ड गर्दा ११.५ ओभरमा सन्दीप लामिछानेले ब्रान्डोन म्याक्म्युलेनलाई एलबीडब्यू धरापमा पारे ।

२१.४ ओभरमा आरिफ शेखले माइकल जोन्सलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए भने २२.४ ओभरमा गुल्सन झाले रिचि बेरिङ्टनलाई आरिफ आरिफ शेखबाट क्याच गराउँदै पेभेलियन फर्काइदिए ।

स्कटल्याण्डविरुद्धको खेल यतिखेर अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भइरहेको छ । जारी खेल आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेल हो ।

तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । हालसम्म खेलेका लिग २ का ९ खेलमा ७ हार र १ जित तथा १ खेल रद्द भोगेको नेपालले ३ अङ्क जोडेको छ । स्कटल्याण्डले भने ८ खेलमा ११ अङ्क जोडेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : २८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ