एनआरएनएले बाढीपीडितका नाममा उठाउन थाल्यो चन्दा « Khabarhub

एनआरएनएले बाढीपीडितका नाममा उठाउन थाल्यो चन्दा


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिन परेको अविरल वर्षाका कारण निम्तिएको प्राकृतिक विपत्तीको छेको पारेर  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग (चन्दा) उठाउन थालेको छ । डा. बद्री केसी अध्यक्षताको एनआरएनएले आइतबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र विदेशबाट चन्दा पठाउन आग्रह गरेको हो ।

‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौँ,’ संघका उपाध्यक्ष एवम्‌ परोपकार तथा मानव कल्याण विभागका प्रमुख डा. हेमराज शर्माले हस्ताक्षर गरेका विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ ।’

संघले चन्दा पठाउनका लागि बैंक खातासमेत जानकारी गराएको छ । भूकम्प र कोरोना महामारी लगायत प्राकृतिक विपत्तीको बहानामा यसअघि उठाएको चन्दा सहयोग दुरुपयोग प्रकरणमा एनआरएन बदनाम छ । राहत वितरण र पुनःस्थापनाका काममा समेत ठूलो आर्थिक घोटाला हुने गरेका खबर बाहिरिने गरेको छ ।

यो पनि-

एनआरएनए कतारमा भाँडभैलो, कार्यसमितिले कागजात नदिएपछि घोटाला छानबिन अघि बढेन

आर्थिक अपारदर्शीता, दलीय पक्षधरता र आचरणका कारण एनआरएन हाल विभिन्न गुटमा विभाजित छ । विवादकै बीच ११ औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले गत साउन २२ गते मान्यता दिएको थियो ।

चन्दा उठाउन संघले जारी गरेको विज्ञप्तिः

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : २५ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै