बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति | Khabarhub Khabarhub

बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोबाट देशभर कम्तिमा २१ जलविद्युत आयोजना प्रभावित भएका छन्‌ । ती मध्ये १५ आयोजनामा मात्रै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) ले दाबी गरेको छ ।

ईप्पानका अनुसार; निजी क्षेत्रले बनाएका २० आयोजनामा क्षति बाढीपहिरोले क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको हो । सबै विवरण आउन बाँकी रहेको ईप्पानले जनाएको छ ।

यस्तो छ विवरणः

१) मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति ।

२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

३) पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।

४) साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवर्क्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।

५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।

६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।

९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।

१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादिङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी

११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

१२) हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।

१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।

१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।

१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

१७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

१८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।

१९) टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।

२०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ३८ बजे

प्रचण्डको निष्कर्ष- कांग्रेस-एमालेको अहंकारले देशमा भयानक अवस्था आयो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने

दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ

सुर्खेत- दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक

‘संविधानलाई धक्का लागेको छ, समयमै निर्वाचन गरेर ट्रयाकमा ल्याउनुपर्छ’

काठमाडौं– संविधानविद् र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी

आगोले निभाउन नसकेको नेताको अहं

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए