बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू) « Khabarhub

बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण थालेको छ । आज (आइतबार) देखि असोज २२ गतेसम्म सुकिला नोट साट्न पाइने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागसहित बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट साट्न पाइनेछ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न राष्ट्र बैंकले सूचित गरेको छ ।

डिजिटल भुक्तानी बढ्दै गएको र चलनचल्तीमै रहेका नोट समेत फर्कन थालेको तर्क गर्दै केन्द्रीय बैंकले यो वर्ष सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो ।

दशैँका बेला पूजाआजा र दक्षिणाका लागि २० देखि २५ अर्ब रुपैयाँसम्म नयाँ/सुकिला नोट माग हुने गरेको छ ।

(तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको