आज २०८० साल माघ १५ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ १५ गते सोमबारको राशिफल


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १५ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २९ तारिख। आजमा सिंहमा चन्द्रमा छन्। ज्योतिशशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। लक्ष्मी प्राप्तिको दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। बोलीमा नम्रता हुनु आवश्यक छ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी सामान्य छ। संघर्ष गरेका कार्यमा सफलता हात लाग्नेछ। काममा ढिलासुस्ती हुने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : रोगको भय हुनाले मन शान्त नहुन सक्छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा हुनुहुन्छ भने ठगसँग सचेत हुनु आवश्यक छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। व्यवहारमा तनाव हुनसक्छ। धैर्य गरेर अगाडि बढेमा समस्याको समाधान हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्र अब्बल देखिन्छ। आफन्तको भने साथ नमिल्ने योग रहेको छ। आजको दिन ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। अरुको काममा सन्तुष्टि नमिल्न सक्छ। परिवार भन्दा बाहिरको सहयोग उपयोगी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

तुला : दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। सामाजिक कार्यको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। तर आज शिक्षामा गरेको लगानीबाट फाइदा नहुनसक्छ।

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा भय, पीडा र हानी भएको सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट धन प्राप्त हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। मानसिक रुपमा उत्साह हुने भएकाले हरेक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : दिन सामान्य छ। शारीरिक पीडा हुनेछ। शत्रु बढ्ने छन्। व्यवहारमा झमेला सुन्नुपर्ने हुनसक्छ। दाजुभाइ र साथीको साथ पाइने छ। पारिवारिक सम्बन्ध राम्रो छ।

कुम्भ : दिन सामान्य छ। शनिदेवको छाया भएकाले शिवको दर्शन गर्नु राम्रो हुन्छ। बिहानै शिवको दर्शन गर्नाले दिन सफल बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षा र रोजगारीको क्षेत्रमा भएको लगानीले उत्साह मिल्नेछ। अचानक सञ्चित धनको खर्च हुनेछ। पुरानो रोगले फेरि दु :ख दिने हुनाले खनापानमा ख्याल गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ०७ बजे

नक्कलीजस्तै देखिने १ हजारका ६ वटा नोटसहित २ जना पक्राउ

काठमाडौं- नक्कलीजस्तै देखिने १ हजार दरको ६ थान नोटसहित २

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

काठमाडौं- इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई

एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको

विमानस्थल निजीकरण : माफिया पोस्ने ‘सेटिङ’

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/९/२० को निर्णय सिरानी हालेर ०८०/१०/१५