यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग | Khabarhub Khabarhub

यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने भएको छ।

नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नैछ। यो खेल माघ १९ गते शुक्रबार हुनेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

दुई सुपर सिक्सका शीर्ष दुईदुई टिम विश्वकपको सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंक तालिकासमेत गणना हुने प्रावधान छ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

नेपाली यू–१९ क्रिकेट टोली । तस्बिरः क्यान

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ।

नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू-१९ विश्वकपमा स्थान बनाएको थियो।

 

पाकिस्तानसँगको प्रतिस्पर्धामा नेपाली टिम । फाइदल तस्बिर क्यान

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ४६ बजे

सभामुखले दलका मुख्य सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको